सुर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं – उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्णप्रतिबन्ध गराउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । टोवागो उद्योग प्रालिको निवेदनमा अदालतले उक्त निर्णय गरेको हो ।
