इक्यान चितवनकाे अध्यक्षमा भट्टराई निर्वाचित
चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान), चितवन शाखाकाे १२औं साधारणसभा तथा ७ औं अधिवेशन सम्पन्न भएकाे छ । शुक्रबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत निर्वाचित गरेकाे छ ।
बेलुका भएकाे निर्वाचनले दिपकचन्द्र भट्टराईकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । अध्यक्ष निर्वाचित भट्टराईले २६ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी कृष्ण कंडेलले २२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भट्टराई प्यानलका प्रज्वल पाैडेल, सचिवमा सुजन थापा क्षेत्री र काेषाध्यक्षमा लक्ष्मण कंडेल निर्वाचित भएका छन् । सचिवमा र काेषाध्यक्षमा निर्वाचित दुबै जना कंडेल प्यानलका हुन् ।
सदस्यहरूमा मेघराज कंडेल, सन्तोष लोहनी, उज्वल आचार्य र डा. टंक प्रसाद ओझा निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरू मध्य उज्वल आचार्य, मेघराज कंडेल भट्टराई प्यानलबाट निर्वाचित भएका हुन् भने सन्तोष लोहनी र डा. टंक प्रसाद ओझा कंडेल प्यानलबाट निर्वाचित भएका हुन् ।
इक्यान चितवनले आजै वार्षिक साधारणसभा पनि गरेकाे थियाे। समुन्द्र अर्यालकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा शेषराज भट्टराईकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।