नेकपाको पोलिट ब्यूरो बैठक केन्द्रीय कार्यालय शिवगढीमा जारी

आइतबार, १ पौस २०८०

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीको पोलिट ब्यूरो बैठक कपिलबस्तुको केन्द्रीय कार्यालय शिवगढीमा जारी छ । आईतवार दिउसो ३ बजेबाट बैठक जारी रहेको नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार विभागका इन्चार्ज अनिल सीले जानकारी दिएका छन ।

बैठकमा नेकपाका महासचिव विप्लवले तयार गरेको र स्थायी समितिको बैठकले पास गरेको “सीसी विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” पेश भएको छ ।

पोलिट ब्यूरोका सदस्यहरुले महासचिव विप्लवको प्रस्तावमाथि आ–आफ्नो धारणा राखिरहेका छन । बैठकमा पोलिट ब्यूरो सदस्यहरुले धारणा राख्नेक्रम सकिएपछि महासचिव विप्लवले छलफल गर्ने बताईएको छ ।

बैठक आजै सक्ने लक्ष्य रहको र भोलिबाट केन्द्रीय समितिको बैठक बस्ने तयारी भएको नेकपाले जनाएको छ ।