विप्लवको पक्षमा खम्बा झैं उभिए माधव नेपाल, निकाले यस्तो विज्ञप्ति

सोमबार, २ पौस २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेतामाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी बिरूद्ध समाजवादी मोर्चा, नेपालले बिराध जनाएको छ । सोमबार मोर्चाका संयोजक तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जीको बिरोध जनाएका हुन् ।

विज्ञप्तिमार्फत नेपालले नेपाल कम्युनिष्ट पार्टीसँग गरिएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नसमेत माग गरेका छन् । संयोजक नेपालले जारी गरेको विज्ञप्तिमा सम्झौता कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आह्वान गरिएको छ।

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी प्रकाण्ड सी लगायतका नेतालाई पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीले रहेका छन् । गत मंसिर १८ गते विप्लव, प्रकाण्डलगायतलाई पक्राउ पुर्जी जारी भएको थियो। राज्यविरूद्ध कसुरका मुद्दामा उनीहरूलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।