सङ्क्रमणकालीन न्यायको विषयमा छलफल गर्न शीर्ष नेताहरू बालुवाटारमा

आइतबार, ८ पौस २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।