रवि लामिछानेप्रति दुर्गा प्रसाईंको कटाक्ष– बच्चाले चिनीको भाँडो भेटाएजस्तै गरिरहेका छन्

आइतबार, ८ पौस २०८०

काठमान्डौ – व्यवस्था परिवर्तन गर्छु भन्दै आन्दोलन गरिरहेका ‘विवादस्पद व्यापारी’ दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेमाथि कटाक्ष गरेका छन् ।

आफ्नै निवास भक्तपुरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले लामिछानेको सत्तामोहप्रति लक्षित गर्दै बच्चाले चिनीको भाडो भेटाएजस्तै गरिरहेको टिप्पणी गरेका हुन् । छोटो समय उपप्रधानमन्त्री बनेका लामिछानेलाई मन्त्रीको लत लागेको उनले टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा प्रसाईंले युवा पलायनको कुरा गर्न छाडेर मिसन २०८४ भनिरहेको आरोप लगाएका हुन् । ‘बच्चाले चिनीको भाँडो भेटायो भने छाड्दैन नि उनी मिसन २०८४ भनिरहेका छन् । यस्तै अवस्था रहे २०८४ मा नेपालमा ३० लाख मान्छे रहन्नन्,’ उनले भने ।

प्रसाईंले लामिछानेको सम्बन्धमा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई त्यही बेला केही कुरा सुनाएको खुलाए ।

‘त्यो बेला त हजुरबुवा ओली सँग मेरो राम्रो थियो नि हेर नाति, यसलाई एक महिनामा लात हान्छन्, भनेर भनेका थिए,’ उनले थपे ।

लामिछानेमाथि पोखरामा शनिवार मकैको खोया प्रहार गरिएको घटनाप्रति प्रसाईंले भने, ‘मजस्तै अभियन्ता बन्नु प¥यो नि