विप्लवका जिल्ला इञ्चार्ज ज्वाला प्रहरी नियन्त्रणमा

शुक्रबार, २९ चैत्र २०७५

काठमाडौं – सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव समूहका नेपाल क्युनिष्ट पार्टी (नेकपा) का मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) पक्राउ परेका छन् । घलानलाई बिहीबार राति हेटौँडाको फायरलाइनबाट नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको हो । सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका उनीसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।

यसअघि पनि विप्लव समूहका चारजनलाई पक्राउ गरेको मकवानपुर प्रहरीले अहिले पक्राउ पर्नेहरुलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।