मकवानपुरले ब्रिटिश साम्राज्यलाई धुलो चटाएको इतिहास छ: अनिल सी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन बिभाग इञ्चार्ज अनिल सीले पृथ्वीनारायण शाहले मकवानपुरे जनताको सहयोगमा ब्रिटिश साम्राज्यलाई धुलो चटाएको बातेका छन् ।
बुधबार पूर्वी-दक्षिण मकवानपुर जिल्लाको छैठौं बैठकलाई हेटौंडामा सम्बोधन गर्दै उनले जनयुद्धमा पनि विशिष्ट भूमिका रहेको मकवानपुरले आजपनि उक्त गौरवशाली विरासतलाई आत्मसात गरेर दलाल पुजीवादविरुद्ध लड्नुपर्ने बताएका हुन् ।
बैठकलाई पिबिएम एटम, किसान नेता कालीबहादुर सी, केन्द्रीय सदस्य वाटरले पनि सम्बोधन गरेका थिए । पार्टी स्कुलिङ चलाउने, एमसीसीविरुद्ध अभियान चलाउने निर्णय गरेर सम्पन्न भएको बैठकको अध्यक्षता सचिव विवेक सीले गरेका थिए ।