रास्वपाका उपसभापति र महामन्त्रीले दिए राजीनामा
धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका उपसभापति र महामन्त्रीले पदबाट राजीनामा दिएका छन् । महामन्त्री उपसभापति श्रृष्टी महरा र भोजराज जोशीले पदबाट राजीनामा दिएका हुन् ।
उनीहरु दुबै जनाले पार्टी कामका लागि समय दिन नसक्ने भन्दै राजीनामा दिएको पार्टी सभापति इन्जिनियर प्रकाश बिष्टले जानकारी दिए । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।
जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस डडेल्धुराका पूर्वसंयोजकसमेत हुन् । श्रृष्टीको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ ।
