नेकपा उत्तर सल्यानकाे विस्तारित बैठक सम्पन्न
सल्यान – नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानकाे बिस्तारित बैठक सम्पन्न भएको छ। दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाकाे सिमाना गाउँ तङमारामा बैठक सम्पन्न भएकाे हाे ।
बैठकमा अतिथिकाे रुपमा उपस्थित पार्टीका राजनैतिक समिति सदस्य तथा सल्यानका अगुवा कम्युनिस्ट नेता आधार सीले देशले अहिले वैकल्पिक नेतृत्वको रुपमा महासचिव विप्लवलाई स्विकारिसकेको बताए । उनले भने, ‘नेपाली समाज नयाँ नेतृत्व र त्यसमा विप्लव भनेर तयार भइसकेको छ ।’
बैठकमा अतिथिकाे रुपमा उपस्थित अर्का नेता, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा पार्टीका राजनैतिक समिति सदस्य बन्धु सीले अहिले संसार बहुध्रुवमा गएको हुनाले अमेरिकाले जे भन्यो त्यो मात्रै लागू नहुने बताए । बन्धु सीले जुनसुकै हालतमा नेपालमा अमेरिकी परियोजना एमसीसी लागू हुन नदिने बताइन् ।
कमरेड आधार सी तथा बन्धु सीकाे गृहजिल्ला समेत रहेको जिल्ला समिति उत्तर सल्यानकाे बिस्तारित बैठक नेताद्वयकाे गृहगाउँ दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाकाे सिमाना गाउँ तङमारामा बसेकाे ।
जिल्लाकाे साे बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज कमरेड अनिल सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भीम सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य हेमन्ता सी लगायतका अतिथिहरु उपस्थित हुनुहुन्थ्यो ।
जिल्ला सचिव मदन सीकाे अध्यक्षतामा बसेकाे साे बिस्तारित बैठकमा सहभागी जिल्लाका सचिवालय सदस्य, सदस्य र विभिन्न जनबर्गिय संगठन तथा माेर्चाका जिल्ला अध्यक्ष तथा संयाेजकहरुले कार्यक्षेत्रका रिपोर्टिङ गर्नुकाे साथै नेताहरु समक्ष जिज्ञासा प्रकट गरेका थिए ।
जिल्लाकाे साे बिस्तारित बैठकले समाजवादी माेर्चा, पार्टी संगठन, जनबर्गिय संगठन, राजनीति, संघर्ष, राजनैतिक अन्तरक्रिया, आर्थिक र उत्पादन लगायतका प्रस्तावहरुमाथि छलफल गरेर निर्णय गरेकाे अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा राप्तिव्युराे इन्चार्ज र पार्टीका जिल्ला सदस्य राजेन्द्र सीले जानकारी दिए ।