नेकपा स्याङ्जा जिल्ला इन्चार्ज दुर्गा सीकी आमाको निधनप्रति महासचिव विप्लावाद्वारा दु:ख व्यक्त
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीका प्रतिनिधी समिति सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज क. दुर्गा बहादुर सी र जिल्ला कमिटी सदस्य पुरन सीकी आमा दिल कुमारी सारूकाे निधनप्रति दुःख ब्यक्त गरेका छन्। महासचिव विप्लव सी ले मंगलबार एक शोक वक्तब्य जारि गर्दै आमाको निदनप्रति दुःख ब्यक्त गरेका हुन्।
महासचिव विप्लावाद्वारा जारि शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज क. दुर्गा बहादुर सी र जिल्ला कमिति सदस्य पुरन सीकी आमा दिल कुमारी सारूकाे आज विहान भएका दु:खद निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । दुःखको यस घडीमा मृतक आमाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै क. दुर्गा, क. पुरन र उहाँको परिवारजनप्रति समवेदन प्रकट गर्दछ ।
यस्तो छ महासचिव विप्लावाद्वारा जारि शोक वक्तब्य
