गणतन्त्रमाथि दलाल पुँजीवादले पलेटी कसेर बसेको छ: माइला सी

बिहिबार, १९ पौस २०८०

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज माइला सीले नेपालको गणतन्त्रमाथि दलाल पुँजीवादले पलेटी कसेर बसेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी काठमाडौँद्वारा आयोजित बेथान वीरता दिवस तथा सामना जनजागरण अभियान कार्यक्रममा बोल्दै नेता लामाले गणतन्त्रमाथि दलाल पुजिवादले पलेटी कसेर बसेको बताएका हुन्।

अभियान कार्यक्रमको प्रमुख अतिथीका रुपमा सम्बोधन गर्न असन पुगेका उनले नेपालको गणतन्त्रमाथि दलाल पुजिवादले पलेटी कसेर बसेको र दलाल पूजीवादको पैतलामुनि गणतन्त्र पिल्सियाको बताए।

उनले भने,’दलाल पुँजीवादको चंगुलमा चुर्लुम्म गणतन्त्रले यो देशको जनताहरुको समस्याको समाधान गर्न सकेन,राष्ट्रियताको रक्षा गर्न सकेन।’ बेथानमा सहादत प्राप्त गरेका सहिदहरु तिर्थ गौतम लगाएतलाई सम्झिदै उनले आजभन्दा २७ वर्ष पहिले तानाशाही राजतन्त्रको बिरुद्ध धावा बोलेर सहादत प्राप्त गरेका र बालकुमारीमा बगेको रगतमा समानता त छैन तर यो दलाल ब्यबस्था रहेसम्म यो देशको अर्थतन्त्रको चाबी दलाल पुँजीवादीहरुको हातमा रहेसम्म यो देशमा उद्योग कलकारखानाको विकाश सम्भव छैन र रोजगारीको निम्ति अझै हजारौ युवाहरुले ज्यान गुमाउने अवस्थाको अन्त्य हुन सक्दैन यो सबै दलाल पूजीवादको उपज रहेको उनको भनाइ थियो।’

नेपालको समग्र पुँजी  दलालहरुको स्वामित्वमा रहेका कारण युवाहरुले देशमा भबिष्य देख्न छाडे र लाखौ युवा नौजवान विदेशिन लालाहित भएका छन्। दलाल पुँजीवादको चरित्र कमिसन आउछ भने उसले आफ्नो आमा समेत दाउमा राख्ने बताउदै नेपालीहरुले आफ्नो स्वभिमान बचाउन र दलालहरुको कब्जाबाट देश मुक्त गर्न यो देशको सासनसत्ता समाजवादीहरूको हातमा आउनुपर्ने र यो देशको नेतृत्व समाजवादीहरूले गर्नुपर्ने औल्याए।

पछिल्लो समय घटेका एनसेल काण्ड एमसीसी र विभिन्न राष्ट्रघातको बिषयमा टिप्पणी गर्दै उनले यो सब साम्रज्यवादको डिजाइनमा भैरहेको ठोकुवा गरे। एनसेलको वक्यौता पुँजी २०० अर्व भन्दा माथि छ तर यो सबै पुजी नेपाल सरकारको स्वामित्वमा आउने थाहा पाएपछि केही कमिसनखोर हरुले ६ अर्वमा विदेशी कम्पनीलाई शेयर बिक्रि गरेको छ हामि यस्तो कदापी हुन दिंदैनौ सरकारले एनसेलको समग्र स्वामित्व लिनुपर्छ यदी सरकार असमर्थ भए आफ्नो पार्टीले कदम चाल्ने बताए।

दलाल साम्रज्यवादहरुले आफ्नो स्वार्थ सिद्ध गर्न जुनसुके हदसम्म गिर्न पछि पर्दैन र छिमेकीमाथि कस्तो प्रभाव पर्छ भन्ने सोच्दैन अहिले एमसीसी त्यसको ज्वलन्त उदाहरण हो उनले भने।’ ‘अमेरिकी साम्राज्यवादले नेपाललाई आधार बनाएर एमसीसी मार्फत छिमेकी मुलुक चीनलाई घेराबन्धि गर्न चाहन्छ र भारतलाई पनि साइजमा राख्न चाहन्छ अमेरिकी लोकतन्त्रको परिभाषा भनेको आणविक बम हो यो बिना अमेरिकी अस्तित्व संकटमा छ। यो सबै कुराको समाधान भनेको नेपाली बिशेसताको समाजवाद हो यसका निम्ति सम्पूर्ण देशभक्त कम्युनिस्ट गैर कम्युनिस्ट समाजवाद समानता चाहनेहरु पार्टीभन्दा  देशलाई प्रधान मानेर समाजवादी यात्रामा  एकाकार हुन आह्वान समेत गरे।

नेकपाका केन्द्रिय सदस्य आरोह सी द्वारा संचालित राज्य सड्यन्त्रको भण्डाफोर तथा जनजागरण अभियान कार्यकर्मको अध्यक्षता नेकपा जिल्ला नम्वर १ का सेक्रेटरी दिपक सीले गरेका थिए। माइला सीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला नम्बर १ की इञ्चार्ज भृकुटी सी, राजकुमारी सी,राजेन्द्र सी लगाएत बिभिन्न जवसका नेताहरुको आतिथ्यता रहेको थियो भने, महानगर अन्तर्गतका बिभिन्न वडाका जनप्रतिनिधी हरुको सहभागिता रहेको थियो । कार्यक्रममा सामना जनसांस्कृतिक महासंघका  कलाकारहरुले आफ्नो ससक्त प्रस्तुती दिएका थिए।