नयाँ अस्पताल वार्ड निर्माण गर्न एनएमबी बैंकद्धारा २५ लाख सहयोग
काठमाडौं – एनएमबी बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH)लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ ।
अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु¥याउँने उदेश्यले बैंकले रु.२५ लाख सहयोग गरेको हो ।
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र (KIOCH) का अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति पत्रमा हस्ताक्षेर गरिएको छ ।
यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त बनाउने बैंकको दाबी छ ।
एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।