कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

सोमबार, २३ पौस २०८०

काठमाडौं – कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार उनले विराटनगर पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् ।