नेकपाका नेता आदर्श सीद्वारा पक्राउ पुर्जीको अस्विकार, अदालतको आदेश नमान्ने
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श सीले पक्राउ पुर्जीमा उपस्थित नहुने बताएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गरि उनले बाँके जिल्ला अदालतद्वारा जारी भएको ३५ दिने पक्राउ पुर्जी तीन बुँदे सहमति विपरित भएको बताउदै झुट्टा मुद्दामा उपस्थित नहुने बताएका हुन् ।
उनले साम्राज्यवादी घेरामा रहेको दलाल सरकारकाले लगाएको झुट्टा मुद्दालाई अस्वीकार गर्दै खारेज गर्न माग गरेका छन् । नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड लगाएतका नेता तथा कार्यकर्ताहरुमाथि जारी गरेको पक्राउ पुर्जी खारेज नगरे संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति
