नेपाली विशेषताको समाजवादका लागि संघर्षका सबै रुपहरुको प्रयोग हुन सक्छ: शिलु सी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज सिलु सीले नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि बृहत मोर्चाको आवश्यकता पर्ने र संघर्षका सबै रुपहरुको प्रयोग हुन सक्ने बताएकी छिन् ।
पोखरामा सम्पन्न युवा सङ्गठन नेपाल २ नम्बर कमान्डको प्रथम बैठकलाइ सम्बोधन गर्दै नेत्री सीले नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि बृहत मोर्चाको आवश्यकता पर्ने र संघर्षका सबै रुपहरुको प्रयोग हुन सक्ने बताएकी हुन् ।
यही चैत्र २४, २५ र २६ गते धनगढीमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारीको क्रममा रहेको युवा सङ्गठनले देशैभरी आफ्नो साङ्गठनिक कार्यलाई तीब्रता दिदै कमान्डको बैठकहरु गरिरहेको छ ।
विश्लेषणको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिको रुपमा उपस्थित पार्टी स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज उमा सी ‘शिलु’ले पार्टीले नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि बृहत मोर्चाको आवश्यकता पर्ने र संघर्षका सबै रुपहरुको प्रयोग हुन सक्ने बताइन । समाजवाद निर्माणको अभियानमा युवाहरुको अग्रमोर्चामा भुमिका रहनुपर्ने नेता शिलुले बताइन ।
बैठकमा ब्युरो इन्चार्जहरु राजन, विकिरण, जिल्ला इन्चार्जहरु दिपा र काजीले प्रशिक्षणमुलक मन्तव्य राखेका थिए । कमान्डमा कार्यरत सङ्गठनका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र संयोजकहरुले आ(आफ्नो कार्यक्षेत्रको रिपोर्ट राखेका थिए भने बैठकले जिल्ला सम्मेलन, आर्थिक तयारी लगाएतका विषयहरुमा निर्णय गरेको बताइएको छ ।
