माघ १२ गते अमेरिका र क्यानडाका चर्चित विश्वविद्यालयमा भर्ना गर्दै रोयल एजुकेशन फाउण्डेशन
काठमाडौँ – रोयल एजुकेसन फाउन्डेसनले अमेरिका र क्यानाडाका चर्चित कलेज तथा विश्वविद्यालयमा एकै दिन भर्ना गरिदिने भएको छ । यही माघ १२ गते रोयल एजुकेशन फाउण्डेशनले दुई देशका दुई दर्जन बढी शैक्षिक संस्थामा विद्यार्थी भर्ना गरिदिने भएको हो ।
इक्यानका पूर्वअध्यक्ष तथा शिक्षासेवी विष्णुहरी पाण्डेको नेतृत्व रहेको रोयल एज्ुकेशन फाउण्डेशनले ‘अमेरिका–क्यानडा एडमिसन डे–२०२४’ आयोजना गरी विद्यार्थी भर्ना गर्न लागेको हो । अमेरिका र क्यानाडामा अध्ययन गर्ने योजना बनाइरहेका विद्यार्थीका लागि माघ १२ गते सुनौलो अवसर हुने रोयलका प्रवन्धनिर्देशक पाण्डेको भनाई छ ।
उक्त दिन सम्पूर्ण तयारी पुगेका विद्यार्थीका लागि सिधै भर्ना लिइने छ भने तयारी गर्दै गरेका विद्यार्थी तथा तिनका अभिभावकले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा, त्यहाँ उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्नेछन् । एड्मिसन डे मा अमेरिका र क्यानाडाका विश्वविद्यालयहरूका प्रतिनिधित्वहरूको प्रत्यक्ष सहभागिता हुने भएकाले विद्यार्थीले राम्रो परामर्श पाउने रोयलका डाइरेक्टर गोविन्द्र अधिकारीको भनाई छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न अफरहरू समेत राखिएको रोयलले जनाएको छ । लक्की ड्र मार्फत भाग्यशाली विद्यार्थीहरूले अमेरिका र क्यानाडा जानका लागि आवश्यक तयारी कक्षामा भारी छुट, स्काइवाक टिकेटका साथै विभिन्न आकर्षक उपहारहरू पाउनेछन्। एड्मिसन डे आगामी माघ १२ गते शुक्रवार बिहान १० बजेदेखि सुरु हुनेछ ।