बालेनसँगै हर्कले पनि बहिस्कार गरे राष्ट्रियसभा निर्वाचन

बिहिबार, ११ माघ २०८०

काठमान्डौ – धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।म व्यस्त छु । श्रमदानमा व्यस्त मान्छेले भोट हाल्न भ्याउदिनँ उनले भने ।

राष्ट्रियसभा निर्वाचनअन्तरगत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान भइरहेको छ ।
यसअघि काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन शाह नजाने उनको सचिवालयले जानकारी दिएको छ ।

बालेनले पनि कार्यव्यस्तताको कारण देखाउँदै मतदान बहिस्कार गरेका हुन् । बालेन नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा व्यस्त छन् । तर, उपमेयर सुनिता डंगोल भने भोट हाल्न हेटौंडा पुगिसकेकी छिन् ।
बालेन र हर्क गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट पालिका प्रमुखमा निर्वाचित भएका थिए ।