रोयल एजुकेशन फाउण्डेशनको ‘अमेरिका क्यानडा एड्मिसन डे’ सम्पन्न
काठमाडौँ – रोयल एजुकेशन फाउण्डेशनको आयोजनामा ‘अमेरिका क्यानडा एड्मिसन डे २०२४’ सम्पन्न भएको छ । रोयल एजुकेशनको केन्द्रीय कार्यालय बानेश्वरमा शुक्रबार ‘अमेरिका क्यानडा एड्मिसन डे २०२४’ सम्पन्न भएको हो ।
‘एड्मिसन डे’मा विद्यार्थीको उत्साहजन सहभागिता रहेको थियो । रोयल एजुकेसन फाउन्डेसनले अमेरिका र क्यानाडाका चर्चित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिलाई कार्यालयमा उपस्थित गराएर एकैपटक सयौं विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिएको छ । कार्यक्रममा दुई दर्जन बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयमा उपलब्ध कोर्ष, भिसा प्रक्रिया, ट्युसन फि लगायतका बारेमा जानकारी दिदै परामर्श दिएर थिए ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिलाई भेट्न पाउँदा खुशी लागेको बताए । ‘म राम्रो विश्वविद्यालयको खोजिमा थिएँ । रोयल एजुकेशनले आयोजना गरेको एड्मिसन डेबाट मैले आफ्नो हैसियत अनुसारको विश्वविद्यालय छनोट गर्ने अवसर पाँए ।’, कार्यक्रममा उपस्थित रस्मी रकालले भनिन्, ‘यहाँको काउन्सलिङ राम्रो लाग्यो । कार्यक्रमबाट हाम्रो भविश्व सुनिश्चित भएको फिल भएको छ । मत यो कार्यक्रमबाट धेरै खुशी छु ।’
कार्यक्रममा उपस्थित गरिमा अधिकारीले यो कार्यक्रमबाट कलेजका प्रतिनिधिले दिएको परामर्शले उत्साह थपिएको बताइन् । ‘विश्वविद्यालयका प्रतिनिधिले ममा भएको डाउट हटाइदिनुभयो, डकुमेन्टेशन प्रक्रिया पनि बताइदिनुभयो । यसले मलाई अब्रोड जानका लागि थप हौसला प्राप्त भएको छ ।’ रोयल एजुकेशन फाउण्डेशनले एड्मिसन डेले विद्यार्थीलाई सहि सूचना दिन सफल भएको बताएको छ ।
एड्मिसन डेले विद्यार्थीलाई विश्वविद्यालय छनोट गर्न सजिलो बनाएको रोयल एजुकेशन फाउण्डेशनका प्रवन्धनिर्देशक विष्णुहरी पाण्डेको भनाई छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न अफरहरू समेत प्राप्त गरेका थिए । विगत १६ बर्षदेखि संचालिन रोयल एजुकेशन फाउण्डेशनले नेपाली विद्यार्थीलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशहरुमा अध्ययनका लागि पठाउँदै आएको छ । अहिले नेपालबाट अमेरिकामा सजिला भिसा लागिरहेको छ । अबको १ बर्षसम्म अमेरिकाले राम्रो भिसा दिने यस क्षेत्रका जानकारहरुको भनाई छ ।