६ सय विद्यार्थी ठगेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

शुक्रबार, १९ माघ २०८०

काठमाडौं – विदेश पठाइदिन्छु भनेर ६ सय जना भन्दा बढी विद्यार्थीलाई ठगेको आरोपमा एकजना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । प्रहरीले बालाजुमा रहेको युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सीका संचालक ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ घर भई इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको हो ।

युरो विङ्ग्सबाट मानिसहरूलाई विद्यार्थीलाई माल्टा, पोल्याण्ड, क्रोएशिया र क्यानडा लगायतका देशहरू पठाइदिन्छु भनेर लाखौं ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्रले जानकारी दिए। सयौं मानिसहरूले उजुरी दिएपछि तामाङविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।