पोखरामा एसआई युकेको “युके एजुकेशन फेयर” हुँदै, सहभागी विद्यार्थीले लाखौं छात्रवृत्ति पाउने

सोमबार, २२ माघ २०८०

पोखरा – पोखरामा एसआई युकेको युके एजुकेशन फेयर हुँदैछ । विहान ११ बजेदेखि पोखराको चिप्लेढुङ्गास्थित युएफओको अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माथिल्लो तलामा रहेको कार्यालयमा युके एजुकेशन फेयर हुने‌ छ ।

फेयरमा विश्वका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधहरू सहभागीता हुनेछ। एसआई युकेले‌ आयोजना गर्ने “युके एजुकेशन फेयर २०२४” मा सहभागी हुन बेलायतका ३५ विश्वविद्यालयका प्रतिनिधिहरू पोखरा आइपुगेका छन् ।

फेयरमा विद्यार्थीलाई बेलायतको शिक्षा नीति, विश्वविद्यालयले दिने सुविधा, छात्रवृत्ति, त्यहाँको बसाई र रोजगारीका अबसरबारे विश्वविद्यालयका प्रतिनिधिले नै जानकारी दिने छन् । फेयरमा सहभागी विद्यार्थीले तुरून्तै अफर लेटर पाउने छन् भने छात्रवृत्ति पनि प्रदान गरिने छ ।

सोमबार पोखराको चिप्लेढुङ्गास्थित युएफओको अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माथिल्लो तलामा रहेको कार्यालयमा युके एजुकेशन फेयर हुने‌ एसआई युकेका निर्देशक विनय अधिकारीले बताए । एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स पढ्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने सुविधासहितको अफरसहित पोखरा आएको अधिकारीको भनाई छ ।

एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितको सुविधा पनि दिने बताइएको छ । साथै एसआई युकेले आफ्ना विद्यार्थीलाई बेलायतमा काम पनि खोजिदिने गरेको छ ।