एसआई युके पाेखराकाे “युके एजुकेशन फेयर” सम्पन्न

सोमबार, २२ माघ २०८०

पाेखरा – एसआई युके पाेखराकाे ‘युके एजुकेशन फेयर’ सम्पन्न भएकाे छ । साेमबार विहान १० बजेदेखि सुरु भएकाे फेयर ४ बजे सम्पन्न भएकाे हाे

पाेखराकाे चिप्लेढुङ्गास्थित युएफओ अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे माथिल्लो तलामा रहेकाे एसआई युकेकाे कार्यालयमा चलेकाे फेयरमा ३ सय बढी विद्यार्थीले अबलाेकन गरेका छन् ।

फेयरमा सहभागी हुन पाउँदा निकै सुशी लागेकाे विश्वविद्यालयका प्रतिनिधिहरूले बताएका छन् । विद्यार्थीले पनि फेयरमा सहभागी हुन पाउँदा आफूलाई भाग्यमानी महसुस गरेकाे प्रतिक्रिया जनाएका छन् ।

विद्यार्थीकाे उत्साहजनक सहभागीताले आफूलाई उत्साहित बनाएकाे एसआई युकेका व्रान्च म्यानेजर सागरबाबु गिरीकाे भनाई छ ।

एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितकाे सुविधा पनि दिने बताइएकाे छ । साथै एसआई युकेले आफ्ना विद्यार्थीलाई बेलायतमा काम पनि खाेजिदिने गरेकाे छ ।