युके एजुकेशन फेयरकाे सम्पूर्ण तयारी पुरा, चितवन आईपुगे युकेका चर्चित विश्वविद्यालयहरूका प्रतिनिधि

बिहिबार, २५ माघ २०८०

चितवन – शुक्रबार हुने एसआई युके चितवनकाे “युके एजुकेशन फेयर २०२४” काे सम्पूर्ण तयारी पुरा भएकाे छ । भरतपुरकाे लायन्स चाेकस्थित एसआई युकेकाे कार्यालयमा हुने फेयरकाे सम्पूर्ण तयारी पुरा भएकाे हाे ।

भाेली (माघ २६ गते) बिहान ११ बजेबाट सुरू हुने फेयरकाे सम्पूर्ण तयारी पुरा भएकाे एसआई युके चितवनका म्यानेजर शिशिर रेग्मीले बताए । फेयरकाे सम्पूर्ण तयारी सकेर आफूहरू विद्यार्थीलाई स्वागत गर्ने तयारीमा रहेकाे रेग्मीकाे‌ भनाई छ ।

फेयर सहभागी हुन युकेका विश्वविद्यालयका प्रतिनिधिहरूकाे टिम चितवन आईपुगेको छ । काठमाडौं, पाेखरा, बुटवलका फेयरहरू सफलतापूर्वक सम्पन्न गर्दै विश्वविद्यालयका प्रतिनिधिहरूकाे टिम चितवन आईपुगेको हाे ।

फेयरमा ३५ बढी विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागीता हुनेछ । फेयरमा सहभागी विद्यार्थीले आकर्षक छात्रवृत्तिसहित विभिन्न खालका उपहारहरू प्राप्त गर्ने छन् । फेयरमा उपस्थिति विद्यार्थीलाई ठाउँकाे ठाउँ अफर लेटर दिने एसआई युके जनाएकाे छ । फेयरमा सहभागी भई एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स रिसर्च कार्यक्रममा अध्ययन गर्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने, आएल्स/पिटिई नभई एप्लाई गर्न पाउने लगायतका विभिन्न सुविधाहरू प्राप्त गर्ने छन् ।

एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितकाे सुविधा पनि दिने बताइएकाे छ । साथै एसआई युकेले आफ्ना विद्यार्थीलाई बेलायतमा काम पनि खाेजिदिने गरेकाे छ ।