केपी ओलीले महेश बस्नेत ‘फठाह हो’ भनेपनि दुर्गा प्रसाईं कहाँ पुगिन् पाठक
काठमाडौं – नेकपा एमालेका युवा नेता महेश बस्नेत बारम्बार चर्चामा आइरहन्छन् । त्यही चर्चाका कारण २०७४ को निर्वाचन जितेका बस्नेत ७९ सालको चुनावमा धुलोपिठो भए । पछिल्लो पटक एक महिलासँग नाम जोडिएपछि चर्चासँगै आलोचित पनि हुन पुगे ।
महिलाको नाम जोडिएको विषय नेकपा एमालेको केन्द्रीय समिति बैंठकको मुद्धा बन्यो । उनीसँग नाम जोडिएकी महिला हुन धादिङ, चैनपुरकी शोभा पाठक । उनले महेश बस्नेतका बारेमा बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेटेर आफ्नो दुःख बिसाउँदा यो विषय पार्टीको हेडक्वाटर हुँदै केन्द्रीय समिति बैठकसम्म पुगेको थियो । तर उक्त बैठकमा ओलीले नामै नलिई ‘स्वास्नी पिट्ने’ भनेर हप्काएका थिए ।
ओलीलाई भेट्टा बालकोट पुगेकी उनले ‘त्यो फटाहा हो, छाडिदेऊ !’ भन्नेखालको हल्का जवाफ पाएकी थिइन । निराश भएर बालकोटबाट फर्किएकी उनी आफूसँग भएका सम्पूर्ण कागजातसहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंकहाँ पुगेकी छन् । महेशले आफूसँग पत्नीवत् सम्बन्ध कायम राखेको, तर पत्नीका रुपमा अहिलेसम्म स्वीकार नगरेको उनको गुनासो छ ।
केही समयअघि महेश दिल्ली गएका थिए । प्रयोजन थियो, शोभाको उपचार । यो सम्बन्धका कारण महेशको घरायसी झगडा चर्किएको चर्चा च्यासलस्थित एमाले मुख्यालयमा चल्ने गरेको छ । शोभाका निम्ति महेशले अलग्गै फ्ल्याट खरिद गरेको बताइन्छ । त्यहीँ केही महिनाअघि ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ बोलको गीतमा उनले एउटा टिकटक बनाइन् । बेडरुमको दृश्य छ ।
गत साता पार्टी महासचिव शंकर पोखरेललाई समेत भेटेर आफ्ना सबै पीडा सुनाइन् । उनले शंकर पोखरेललाई सुनाएअनुसार, महेशले तीनचोटि स्वास्थ्य समस्या गराए । दिल्ली जाँदा अस्पतालले भराउने फारममा आफूलाई ‘पत्नी हो’ भनेर ल्याप्चे लगाएको कागज पनि बुझाइन् । यस्तो गुनासो राख्न जाँदा उनी अर्कै केटासँग पार्टीमा पुगेकी थिइन् । उनले भनेकी छन्, ‘विवाह गरे ठीक छ, नत्र कानुनी र प्रशासनिक कदम चाल्छु ।’
महेशले भने आफ्नो राजनीतिक जीवन खत्तम पार्न खोजेको भन्दै दुःख नदिन अनुरोध गरिरहेका छन् । शोभाको भनाइ छ, ‘तपाईं मेरो जिन्दगी बर्बाद पार्न खोज्ने, मैलेचाहिँ तपाईंको राजनीति भनेर चूप लाग्नुपर्ने ?’ राजदूत शर्मिला ढकाल, कोमल ओली, पूर्वराजदूत अञ्जान शाक्यहरूजस्तै शोभा बालकोटमा सहज प्रवेश पाउने र ‘बा’ भन्दै पुग्ने केही महिलाभित्रमा पर्छिन् । तर, ‘महेशलाई छाडिदेऊ’ भनेका दिनदेखि बालकोट गएकी छैनन् ।