नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अंकले ओरालो लागेर २०८५ दशमलव ८२ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८९ अंकले ओरालो लागेर ३७४।७५ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
विभिन्न कम्पनीका एक करोड पाँच लाख ७१ हजार १९९ कित्ता शेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ मूल्यमा खरिद बिक्री भयो। कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३६८ रुपैयाँ बराबरको कारोबार भयो ।
एनआरएन इन्स्फास्ट्रचर १२ करोड चार लाख. ३४ हजार ४३७, हिमालयन डिस्टिलरी नौ करोड २३ लाख २६ हजार ३८८, एनआईसी एशिया बैंक आठ करोड ४२ लाख चार हजार ३३२ र हाथवे इन्भेस्टमेन्ट आठ करोड ३० लाख ७७ हजार ७०३ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।