प्याब्सकद्वारा आयोजित पब्लिक स्पिकिङ ट्रेनिङ्ग तथा कम्पिटिसन २०८० सम्पन्न
काठमाडौँ – काठमाडौँ प्याब्सकद्वारा पब्लिक स्पिकिङ ट्रेनिङ्ग तथा कम्पिटिसन २०८० सम्पन्न भएको छ ।
आइतबार निजि तथा आवासिय विद्यालय सङ्गठन काठमाडौ (प्याब्सक) द्वरा आयोजित पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग तथा कम्पिटिसन सम्पन्न भएको हो ।
प्याब्सक आवद्ध २५ वटा स्कुलका करिब ६० जना विद्यार्थी ले उक्त कार्यक्रममा भाग लिएका थिए कार्यक्रमको ट्रेनिङ्ग सेसन मिति २०८० माघ २६ गते सगरमाथा एजुकेशनल एकेडेमिको सभाहलमा भएको थियो ।
उक्त ट्रेनिङ्गसेसनको प्रमुख अतिथिको रूपमा मोटिभेसनल स्पिकर रविन कटूवालले सम्बोधन गरेका थिए भने ट्रेनरको रूपमामिस नेपाल २००५ की विजेता सुगारिका केसी को उपस्थिती रहेको थियो।
त्यसैगरि दोस्रो सेसनको कम्पिटिसनको कार्यक्रम मिति २०८० माघ २८ गते प्रोग्रेसिभ सेकेण्डरी स्कुलको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रको अध्यक्षता प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि पब्लिक स्पिकर सरोज घिमिरेले गरेका साथै अतिथिको रूपमा विष्णु पराजुली, गेन्द्र लामा लगायत विभिन्न विद्यालयका प्रिन्सपल तथा प्याब्सक कार्यसमितिका सदस्यहरू रहेका थिए।
त्यस्तै मिस नेपाल विजेता सुगरिका केसि र प्याब्सक कार्यसमितिका सदस्य दिवेश खत्रिले निर्णायक मण्डलको भूमिका निभाएका थिए। जस अन्तर्गत काठमाडौ विद्यालय र शारदा एकेडेमिका विद्यार्थी प्रथम र द्वितिय हुन सफल भएका थिए ।
कम्पिटिसनमा एस काठमाडौं विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा सुस्मिता कट्वाल प्रथम, कक्षा ९ मा अध्ययनरत छात्रा समिक्षा भण्डारीले चौथो स्थान हासिल गर्न सफल भएकी आयोजकले जनाएको छ ।
प्रथम र द्वितीय हुन सफल विद्यार्थीहरूलाई नगद रू ५००००,३००० , ट्रफि , मेडल र सटिफिकेटले सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालक प्याब्सकका महासचिव सुदिप काफ्लेले जनाकारी दिए ।
