दरबार मार्गमा खुल्यो पारिवारिक मनोरंजन सहितको अर्गानिक लन्ज क्लव
काठमाडौँ – पर्यटन ब्यवसायको केन्द्र मानिले काठमाडौँको दरवार मार्गमा अर्गानिक लन्ज एण्ड क्लव संचालनमा आएको छ।
आन्तरिक तथा बाह्य पर्यटक र सर्बसाधणहरुका लागि पारिवारिक मनोरंजन सहित स्वस्थ हाइजनिक खानाको लागि अर्गानिक लन्ज क्लव संचालनमा ल्याइएको हो।
नेपालका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुतीसहित मंगलबार उद्घाटन गरिएको लन्ज क्लवले ग्राहकहरुलाई विशेस सुबिधासहित सस्तो ताजा नेपालमै उत्पादित वस्तुबाट बनेका अर्गानिक परिकार तथा मनोरंजन प्रदान गर्ने अर्गानिक लन्ज एण्ड क्लवका संचालक फिलिप डिसीले बताए।
डिसीले भने, ‘हामी तालिम प्राप्त कूक, वेयटरबाट व्यवस्थित सर्भिस दिन कुनै कमि गर्दैनौ साथै हरेक दिन नेपालका ख्यातिप्राप्त कलाकारहरुको मनोरंजनात्मक सांगीतिक प्रस्तुतीको साथमा पारिवारिक मनोरंजन लिन सक्ने भएकाले यो क्लव देशी विदेशी ग्राहकहरु रोजाइमा पर्नेमा विस्वस्त छौं ।’ भर्खरैमात्र ओपनिङ्ग गरिएको अर्गानिक लन्ज क्लवमा २०० भन्दाबढी ग्राहकहरुले सेवा लिसकेका छन्।
ग्राहकहरुले सुरुवाती चरणमै मनोरंजन सहितको यस्तो स्वादिष्ट अर्गानिक खाना अनि व्यवस्थित सर्भिस दिन सफल भएकोमा आफु सन्तुष्ट भएको प्रतिक्रिया दिएका थिए।
