निम्न माध्यमिक तहमा एकैचोटी ठूलो संख्यामा शिक्षक नियुक्ति गर्दै आयोग

बुधबार, २ फाल्गुन २०८०

काठमाडौँ – शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तहका लागि ठूलो संख्यामा शिक्षक नियुक्ति गर्न लागेको छ ।

आज सूचना प्रकाशित गर्दै आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीमा शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । जसमा नेपाली विषयमा एक सय १७, अंग्रेजीमा एक सय ७६, गणितमा एक सय २८, विज्ञानमा एक सय ६३, सामाजिकमा एक सय २२, गणित–विज्ञानमा ६५, शुक्ल यजुर्वेदमा एक, कम्प्युटर विज्ञानमा एक र संस्कृत भाषामा पाँच गरी सात सय ७८ जना शिक्षक मागिएको छ ।

आयोगले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत १ गतेसम्म दरखास्त दिन भनेको छ । उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।