बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” भोली
काठमाडौं – फागुन ४ गते सुक्रबार बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” हुने भएको छ । नयाँ बानेश्वरस्थित बिग एजुकेशनको कार्यालयमा बेलायत र अमेरिका अध्ययन सम्बन्धी एजुकेशन फेयर हुन लागेको हो । फेयरमा विद्यार्थीहरुले बेलायत र अमेरिकाको सैक्षिक वातावरण, फी स्टकचर, सैक्षिक गुणस्तर, भिसा प्रोसेसिङ्गका साथै स्कलरसिपको बारेका विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष आफ्नो जिज्ञासा राख्न पाउने छन्।
फेयरमा बेलायतका र अमेरिकाका शैक्षिक संस्थाका प्रतिनिधिहरुले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिएर क्लियर बनाउनेमा आफू विश्वस्त रहेको बिग एजुकेशनले जनाएको छ । फेयरमा बेलायतका युनिभर्सिटी अफ द वेस्ट अफ लण्डन, क्याटबरी च्यारिट चर्चा युनिभर्सिटी, बिपिपि युनिभर्सिटी लगायतका विश्वविद्यालयका प्रतिनिधिको सहभागीता हुने बिग एजुकेशनका फाउण्डर सिईओ सुरज केसी बताए ।
फेयरमा अमेरिकाका एभिल्ला युनिभर्सिटी, ट्राईन युनिभर्सिटी, मिजोरी साउथर्न स्टेट यूनिवर्सिटी, स्टेनटन युनिभर्सिटी, वेबस्टर युनिभर्सिटी लगायतका विश्वविद्यालयका प्रतिनिधिकोे सहभागिता हुने केसीको भनाई छ ।
फेयर बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म चल्ने आयोजकले जनाएको छ।