सीओई आएका विद्यार्थीलाई भिसा प्रक्रियाबारे जानकारी दिन ‘वारेन्टेशन’ गर्दै सेन्ट्रल कलेज

सोमबार, १४ फाल्गुन २०८०

चितवन – सेन्ट्रल कलेजले जापान अध्ययनका लागि सीओई आएका विद्यार्थीलाई भिसा प्रक्रियाका बारेमा जानकारी दिने ‘इन्फरमेशन सेसन’को आयोजना गर्ने भएको छ । कलेजले अप्रिल इन्टेक २०२४ का लागि सीओई आएका विद्यार्थीका लागि मंगलबार इन्फरमेशन सेसनको आयोजना गर्न लागेको हो ।

इन्फरमेशन सेसन प्रभा व्याङक्येट, बेलचोक नारायणगढमा मंगलबार विहान १० बजेदेखि सुरु हुने सेन्ट्रल कलेजले जनाएको छ । यो कार्यक्रममा नारायणगढ, कावासोती, डुम्रे, टाँडी र पर्साबाट भिसा आवेदन दिएका विद्यार्थीले सहभागिता जनाउन सक्ने सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ बिलास पौडेल (वाईबी)ले बताए ।

सीओई आएपछि भिसा एप्लाई गर्न आवश्यक पर्ने डकुमेन्टहरु, आर्थिक जोहो, जापान पुगेपछि गर्न हुने र गर्न नहुने कामहरु तथा जापानको रहन, सहन, संस्कृतिका बारेमा जानकारी दिइने प्रिन्सिपल पौडेलको भनाई छ । उक्त सेसनमा एनओसी बनाउने तरिका, जापानीज दूतावासमा हुने अन्तरवार्ताको तयार लगायतका विषयमा वारेन्टेशन हुने बताइएको छ ।

सेन्ट्रल कलेज नेपालबाट अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको पहिलो रोजाईमा पर्ने शैक्षिक कन्सल्टेन्सी हो । कलेजले जापानसँगै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ ।