उड्न ठिक्क परेको यति एयरलाइन्सको इन्जिनमा समस्या

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं– उड्न ठिक्क परेको यति एयरलाइन्सको विमानको इन्जिनमा अचानक समस्या देखिएको छ । आज बिहान काठमाडौंदेखि विराटनगर उड्ने तयारीमा रहेको यति एयरको एनवाइटी ७८७ विमानको इन्जिनमा समस्या देखिएपछि धावनमार्गबाट पार्किङवेमा फर्किएको हो ।

विमानस्थल स्रोतका अनुसार उडानका लागि रनवे धावनमार्ग पुगिसकेको विमानको इन्डिकेसनले इन्जिनमा समस्या देखाएको हो । उड्न लागेको विमानको इन्जिनमा अचानक समस्या देखिएपछि हाल रनवेमा पुगिसकेको विमान पुनः विमानस्थलको पार्किङमा फर्काइएको छ । हाल विमानको प्राविधिक जाँच भइरहेको छ ।