पर्यटन मन्त्री सुदन किराँती कसको इसारामा नाच्दैछन् ?

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री प्रचण्डसँग सल्लाह नै नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भाडामा दिनेबारे सुझाव पेश गर्न कार्यदल गठन गरेको खुलासा भएको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार नेपाली काङ्ग्रेस निकट संकरराज शर्माको नेतृत्वमा कार्यादल गठन भएको हो ।

कांग्रेस नेताको नेतृत्वमा कार्यदल गठन हुनुलाई अर्को रहस्यको रुपमा हेरिएको छ। नेकपाका महासचिव विप्लवले प्रचण्डको काखमा बसेर देश बेच्ने खेल सरकार भित्रबाटै भएको आरोप लगाए छन् । सोमबार केन्द्रीय कार्यालय बुद्धनगरमा जनपत्रिका विद्युतिय अखबारसँग कुरा गर्दै विप्लवले सो आरोप लगाएका हुन् ।

हिसीला यमी पर्यटन्मन्त्री हुँदा भारतीय मार्शल ९सुरक्षाकर्मी० राख्ने भनि गरिएको तयारी जनदवाबको कारण रोकिएको थियो । हाल सरकारका अर्का मन्त्री किराँतीले अमेरिकालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भाडामा दिएर राष्ट्रिय सुरक्षामा गम्भिर खतरा निम्त्याउन खोजेका छन्।

सुनसरी धरानको धार्मिक विवादमा अमेरिकी धर्म राजनीतिको पक्षमा लागेका किराँतीलाई नेकपाका स्थायी समिति सदस्य अनिल सीले मन्त्रीमण्डल र माओवादी केन्द्रभित्र घुसपैठ भएको आसंका गरेका छन्। नेपाली काङ्ग्रेस भित्रको एउटा पक्ष प्रचण्डको काँधमा बन्दुक अड्याएर अमेरिकी मिसन पुरा गर्न तल्लिन भएको नेता अनिल सीले आरोप समेत लगाएका छन्।