केआईईसीले जित्याे इसीएकाे ‘प्लेटिनम’ अवार्ड
काठमाडौं – नेपालकाे सबैभन्दा विश्वासिलो शैक्षिक परामर्श केन्द्र ‘केआईईसी’ले इसीएकाे ‘प्लेटिनम’ अवार्ड जितेकाे छ । अस्ट्रेलियाकाे इसीए ग्रुप अन्तरगतका शैक्षिक संस्थामा विद्यार्थी भर्ना गरेवापत प्राप्त हुने अवार्ड केआईईसीले जितेको हाे ।
इण्डोनेशियाकाे बालिमा आयाेजित विशेष समारोहमा केआईईसीका प्रबन्धनिर्देशक राजेन्द्र रिजालले उक्त अवार्ड ग्रहण गरेका छन् । इसीएले हरेक वर्ष विद्यार्थी भर्ना गरेकाे आधारमा शैक्षिक परामर्श व्यवसायीहरूलाई सम्मानित गर्ने गरेकाे छ ।
केआईईसीले अस्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सहि परामर्श दिदै आएकाे छ । साथै आएल्स, पीटीईका कक्षाहरू पनि संचालित छन् ।
केआईईसीकाे केन्द्रीय कार्यालय काठमाडौंकाे पुतलिसडकस्थित लालुपाते मार्गमा रहेकाे छ भने चितवन, पाेखरा, इटहरी, बुटवलमा शाखा कार्यालयहरू रहेका छन् । अध्ययनका लागि विदेश जाने याेजना बनाइरहेका विद्यार्थीका लागि केआईईसी उपयुक्त शैक्षिक परामर्श केन्द्र हाे ।