फुटबलर विकाश खबास अष्ट्रेलिया पलाएन
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर बिकास खबास अष्ट्रेलिया पलाएन भएका छन्। फुटबलरहरु बिदेशिने क्रमलाई पच्छ्याउँदै राष्ट्रिय फुटबल टोलीका डिफेन्डर बिकास खबास पनि अष्ट्रेलियापलाएन भएका हुन् ।
सन् २०२० को नोभेम्बरमा बंगलादेशविरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका खबास पछिल्लो समय चोटको कारण आराम गरिरहेका थिए ।
साग फुटबलका स्वर्ण पदकधारी उनी त्रिभुवन आर्मीबाट व्यावसायिक फुटबल खेलिरहेका थिए भने एनएसएलको पहिलो सिजनमा एफसी चितवनबाट फुटबल खेलेका थिए ।
राष्ट्रिय टोलीका भरपर्दा डिफेण्डरको रुपमा हेरिएका खबासले पनि बिदेश रोज्दा राष्ट्रिय फुटबललाई थप समस्या उत्पन्न भएको छ ।