माधव नेपालको पार्टी पनि सरकारमा जाने

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ । केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले सेतोपाटीलाई जानकारी दिए।

उनकाअनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ। ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ ती नेताले भने।

मन्त्री कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको श्रोतको भनाई छ ।