रविको पहिलो सफलता, सहकारी ठगीका मुख्य नाई जिबी राई पक्राउ

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौँ – सहकारी ठगका मुख्य नाईके जीवी राई भनेर चिनिने गितेन्द्रबाबु राई पक्राउ परेका छन् । राई बुधबार राती सिंगापुरबाट पक्राउ परेका हुन् ।

उनीमाथि देशभर सहकारी नेटवर्किङ खडा १६ अर्ब रुपैयाँ बढी ठगी ठगेको आरोप छ । सहकारी ठगेर फरार रहेका उनलाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई नेपाल ल्याउने तयारी गरिएको नेपाल प्रहरी श्रोतले जनाएको छ ।

राईका पूर्वव्यापारिक साझेदार रवि लामिछाने गृहमन्त्री नियुक्त भएकै दिन पक्राउ पर्नुलाई रविको पहिलो सफलताको रुपमा हेरिएको छ ।