एनएमबी बैंकले सार्वजनिक गर्यो लैङ्गिक समता र सामाजिक समावेशीकरण सम्बन्धी योजना
काठमाडौं – एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण ९जेसी० योजना सार्वजनिक गरेको छ । समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्सान गर्ने बैंकको जेसी योजना सार्वजनिक गरेको हो ।
जेसीले समग्र बैंकिङ प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको जनाएको छ ।
बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण जेसी योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैब, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्ज स्थित शाखाहरूमा फरक ढङ्गले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्याम्प स्थापना गरेको छ ।
साथै महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व वुमन लिडरसीप कार्यक्रम समेत सुरुवात गरिसकेको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ ।
एनएमबी बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेकोछ ।बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबी बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याइसकेको छ ।