चैत्र २ गते युनिभर्सिटी एड्मिशन नेटवर्कको ‘लार्जेस्ट युके एजुकेशन फेयर’
काठमाडौं – यही चैत्र २ गते शुक्रबार युनिभर्सिटी एड्मिशन नेटवर्क (युएएन)को ‘लार्जेस्ट युके एजुकेशन फेयर’ हुने भएको छ । युएएनको केन्द्रीय कार्यालय पुतलीसडकमा युके अध्ययन सम्बन्धी ‘लार्जेस्ट युके एजुकेशन फेयर’ हुने भएको हो ।
फेयरमा ३५ भन्दा बढी युकेका विश्वविद्यालयहरुको सहभागिता हुनेछ । काठमाडौं पुतलीसडकस्थित कृषि विकास बैंक भएको बिल्डिङको तेश्रो तलामा फेयर हुने आयोजकले जनाएको छ ।
फेयरमा सहभागी विद्यार्थीका लागि आक्रषक उपहारसहित विभिन्न सुविधाहरु रहेको युएएनले जनाएको छ । फेयरमा विश्वविद्यालयका प्रतिनिधिले छात्रवृत्ति, विश्वविद्यालयले दिने सेवा र सुविधाका बारेमा जानकारी दिनेछन् ।