सर्लाहीको ईश्वरपुर नगरपालिकामा अन्तिरक्रिया हुँदै
सर्लाही – जिल्लाको ईश्वरपुर नगरपालिकामा ‘बर्तमान राजनीतिक–आर्थिक सङ्कट र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तिरक्रिया हुने भएको छ । सोमबार नगरपालिकाको वडा नम्बर १ स्थित चौलिखामा अन्तिरक्रिया हुने भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको आयोजनामा अन्तरक्रिया हुन जनाइएको छ । विहान साढे ११ बजेदेखि सुरु हुने कार्यक्रममा पालिकामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, शिक्षक, बुद्धिजीवि लगायत सर्वसाधारणको उपस्थिति हुने नेकपा प्रतिनिधि समिति सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सुर्य सीले बताए ।
नेकपाको स्थानीय तहमै गएर नेपालमा देखिएको बर्तमान राजनीतिक संकट र यसको समाधानका बारेमा छलफल नीति अनुसार अन्तरक्रिया गर्न लागिएको हो । कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य देबनारायण सीको प्रमुख आतिथ्यता रहने छ ।