आक्रमणबाट चर्चित फुटबलरको मृत्यु

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौँ – गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी चर्चित प्यालेस्टाइनका फुटबल खेलाडी मोहम्मद बराकातको निधन भएको छ । इजरायली सेनाले गरेको बमबारीमा परी फुटबलर मोहम्मद बराकातको निधन भएको समाचारमा जनाइएको छ ।

इजरायलले सोमबार खान युनिसस्थित मोहम्मद बराकातको घरमा पनि बमबारी गरेको थियो । बराकात प्यालेस्टाइनका प्रभावशाली फुटबल खेलाडी थिए । उनी प्यालेस्टाइनी फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी पनि हुन् ।

उनले आफ्नो सक्रिय खेलजीवनमा हालसम्म एक सय १४ गोल गरेका छन् । ३९ वर्षीय बराकात आहली गाजा क्लबबाट व्यावसायिक फुटबल खेल्थे । उनी प्यालेस्टाइनको फुटबलमा ‘दी लिजेन्ड अफ खान युनिस’ को उपनामले चर्चित थिए ।