आफ्नो प्रमुख प्रतिस्पर्धी यादवलाई प्रचण्डले काखी च्यापेपछि सिके रावतलाई छटपटी

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादवलाई काखी च्यापेपछि जनमत  पार्टीका अध्यक्ष सिके राउतलाइ छटपटी भएको छ।

केहि समय अगाडिसम्म प्रचण्डको भक्त बनेका रावतले आफ्नो प्रमुख प्रतिस्पर्धी उपेन्द्र यादवलाई काखी च्यापेपछि छटपटीएका हुन्।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गराएका छन् । पार्टीको बैठक राखेर राउतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गराएका हुन् । यसअघि ०७९ पुष १० गतेदेखि गत फागुन २२ गतेसम्म राउतको पार्टी सरकारमै थियो ।

प्रधानमन्त्री दाहालले सत्ता सहकार्यको लागि कांग्रेसको साथ छोडेर एमाले रोजेपछि राउत नेतृत्वको दल केन्द्रमा मात्रै नभएर प्रदेशमा पनि सत्ता राजनीतिबाट पर धकेलिएको छ । प्रधानमन्त्री दाहालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग सहकार्य गरेका छन् । मधेश प्रदेशमा राउत र यादवको राजनीतिक टक्कर छ ।

राउतले अन्तिम समयसम्म पनि प्रचण्डसँग मधेश प्रदेशको नेतृत्वको लागि दाबी गरेका थिए । तर, यादवले राउतसँग सहकार्य गर्ने हो भने आफू केन्द्रको सरकारमा पनि सहभागी नहुने चेतावनी दिएपछि दाहाल रोकिएका हुन् ।