विश्वासको १८औं बर्षमा फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सी
काठमाडौं – नेपाली विद्यार्थीलाई सही परामर्श दिदै आएको फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सी १८औं बर्षमा प्रवेश गरेको छ । आजबाट फास्ट ट्रयाक १७ बर्ष पुरा गरी १८ बर्षमा प्रवेश गरेको हो । फास्ट ट्रयाकले विशेष कार्यक्रमको आयोजना गरी १८औं बार्षिकोत्सव मनाएको छ ।
केन्द्रीय कार्यालय बागबजारमा आयोजित एक विशेष समारोहका बिच १८ पाउण्डको केक काटेर हर्षोल्लासका साथ बार्षिकोत्सव मनाइएको थियो । उक्त समारोहमा नेकपा एमालेका नेता तथा माननीय सांसद एनपी साँवा लिम्बुको प्रमुख अतिथ्यता रहेको थियो । उक्त समारोहमा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धीत संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
१८ बर्ष पुगेको अवसरमा फास्ट ट्रयाकले नयाँ कार्यालयको उद्घाटनसमेत गरेको छ । फास्ट ट्रयाक पुरानो ठाउँबाट सरेर बिजी ह्वाइट हाउस विल्डिङको तेश्रो तलामा सरेको छ । सांसद लिम्बुले रिवन काटेर उक्त कार्यालयको उद्घाटनसमेत गरेका छन् । कार्यालयको उद्घाटन गर्दै लिम्बुले फास्ट ट्रयाकको सफलताको कामना गरे । उनले शुभकामना दिदै अर्को वर्ष फास्ट ट्रयाकको आफ्नै कार्यालय भएको देख्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा फास्ट ट्रयाकका प्रबन्ध निर्देशक खड्ग ताम्लिङले विद्यार्थीलाई सहि परामर्श दिएका कारण विद्यार्थी तथा अभिभावकको विश्वास जित्दै गएको बताए । फास्ट ट्रयाकले अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिदै आइरहेको छ । साथै, यहाँ जापानीज भाषा, आइएलटिएस, पीटिइका कक्षाहरु पनि संचालित छन् । फास्ट ट्रयाकले प्रविधिको प्रयोग गरेर कक्षाहरु संचालन गरिरहेको छ ।
