उपेन्द्र यादवले पाएनन् मन्त्री क्वाटरमा आवास
काठमाडौं – उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासमा आवास नपाएपछि भैंसेपाटीमा रहेको मुख्यमन्त्रीका लागि बनाइएको सम्पर्क कार्यालयमा सर्ने भएका छन्।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री एवं जसपा नेता सरोज यादवले आफ्ना लागि तयार गरिएको क्वाटर छाड्ने भएका हुन् ।
निर्माणधीन अवस्थामा रहेको उक्त आवास क्षेत्रमा उपप्रधानमन्त्री यादव बस्ने तय भएको सहरी विकास मन्त्रालयका एक कर्मचारीले बताए । पुल्चोकस्थित मन्त्री क्वाटरमा भएका आवासहरु भने पहिला नै बुक भइसकेका छन् ।