केआईईसीकाे ‘युके एजुकेशन फेयर’ भब्य रूपमा सम्पन्न
काठमाडौं – केआईईसीकाे ‘युके एजुकेशन फेयर’ सम्पन्न भएको छ । केआईईसीकाे केन्द्रीय कार्यालय पुतलीसडकमा विहान १० बजेदेखि सुरु भएको युके अध्ययन सम्बन्धी ‘युके एजुकेशन फेयर’ भब्य रूपमा सम्पन्न भएको हो ।
फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । फेयरमा सहभागी विद्यार्थीले युकेका विश्वविद्यालयहरुका प्रतिनिधिसँग परामर्श लिएका थिए । काठमाडौं पुतलीसडकस्थित लालुपाते मार्गमा रहेकाे आफ्नै बिल्डिङमा फेयर भएकाे हाे ।
फेयरमा सहभागी विद्यार्थीले आक्रषक गिफ्ट ह्याम्सर प्राप्त गरेका थिए । फेयरमा सहभागी विद्यार्थीलाई विश्वविद्यालयका प्रतिनिधिले छात्रवृत्ति, विश्वविद्यालयले दिने सेवा र सुविधाका बारेमा जानकारी दिएका थिए ।






















