माधव नेपालले सुनाए देउवालाई ‘लोप्पा’ खुवाएको कथा

शनिबार, ३ चैत्र २०८०

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले नाईँ भन्दा अर्को अठबन्धन बनेको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री बन्न आएको प्रस्तावलाई प्राथमिकता नदिएकाले कांग्रेससहितको नयाँ गठबन्धन नसकेको बताएका हुन् ।

रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कांग्रेसको प्रस्तावलाई अस्वीकार गर्दै परिवर्तनकारी शक्तिहरु मिलेर अगाडि बढ्नुपर्ने पक्षमा ओकालत गरेको बताए ।

‘यो सरकारले राम्रो काम गरोस्। हामी यो सरकारमा सामेल हुने शिलशिला सबैलाई थाहा छ। झण्डैझण्डै दुर्घटना भइसकेको थियो। हामीलाई बेलैमा सूचना नमिलेको हुनाले अर्के गठबन्धन बन्छ कि भन्ने आइसकेको छ। तर, हामीले पदलाई महत्व दिएनौं।’, उनले भने, ‘जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा होइन। हामी विकास निर्माण र सुशासनको पक्षमा छौं। हामी अहिले समाजवादी शक्तिहरुलाई अगाडि बढ्न लागेको छौं।’

उनले कांग्रेसले संविधानको रक्षा गर्ने कुरालाई उचित ध्यान नदिएको भन्दै आफूले पदलाई वास्ता नगरेको बताए । उनले भने, ‘पार्टीभित्र देखेको विसंगतिलाई नेतृत्वले व्यवस्थापन गर्नेपर्छ। कम्युनिस्टभित्र पनि भ्रष्टाचारीलाई संरक्षण गरेर जोगाउने प्रवृत्ति देखिएको छ। तर, त्यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ। हाम्रो पार्टी दशौं महाधिवेशनको तयारीमा छ। त्यो महाधिवेशनको लागि संगठन निर्माण र सदस्यता वितरणको काममा लागिरहेका छौं।’