काठमाडौंको पुतलीसडकमा खुल्यो सिप एण्ड स्किप रेस्टुरेन्ट

आइतबार, ४ चैत्र २०८०

काठमाडौं – काठमाडौंको पुतलीसडकमा सिप एण्ड स्किप नामक रेस्टुरेन्ट खुलेको छ । पुतलीसडकस्थित लालुपाते मार्गमा रहेको केआईईसी विल्डिङको पाँचौं तलामा सिप एण्ड स्किप नामक रेस्टुरेन्ट खुलेको हो ।

सिप एण्ड स्किपमा स्वादिष्ट परिकारसहित काठमाडौंको थ्रिडी भ्यु देख्न सकिन्छ । सिप एण्ड स्किपमा पार्टी भेन्युसहित गोप्य मिटिङ हलको समेत व्यवस्था गरिएको बताइएको छ । उक्त रेस्टुरेन्टबाट काठमाडौंको रमणिय सिनसमेत देख्न पाइने भएकाले धेरैको रोजाई बन्ने सम्भावना रहेको केआईईसीका प्रवन्धनिर्देशक राजेन्द्र रिजालको भनाई छ ।

रेस्टुरेन्टबाट होम डेलिभरीको व्यवस्था पनि गरिएको रिजालले जानकारी दिए । रेस्टुरेन्टको डेकुरेशनको काम चलिरहकाले पूर्ण रुपमा संचालनमा भने आएको छैन् । केही दिनपछि औपचारिक उद्घाटन गर्दै पूर्ण रुपमा संचालन गर्ने तयारीमा रहेको रिजालको भनाई छ ।

विदेशबाट आयात गरिएका काठका मुडालाई जोडेर बनाइएको टेबुलहरुले रेस्टुरेन्टलाई झन् आक्रषक बनाएको छ । सिप एण्ड स्किपको रेस्टुरेन्ट एरियामा सररर चिसो हावा बहने भएकाले मन आनन्दित हुने गरेको छ । दिनभरीको कामको थकान मेटाउन र फ्रेस हुन सिप एण्ड स्किप निकै उपयोगी हुनेछ ।