शैक्षिक परामर्श क्षेत्रमा छुट्टै ऐन बनाउन पहल गर्छु : कानूनमन्त्री गीरी

सोमबार, ५ चैत्र २०८०

काठमाडौं – कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गीरीले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै ऐन बनाउन पहल गर्ने बताएका छन् । वान अपले आयोजना गरेको ‘इक्यान एडुक्लेभ २.ओ’लाई सम्बोधन गर्दै उनले शैक्षिक परामर्श व्यवसायमा छुट्टै ऐन आवस्यक भएकाले ऐन बनाउन आफूले पहल गर्ने बताएका हुन् ।

‘यो विषय शिक्षा मन्त्रालय मातहतको भएकाले मैले केही गर्न सक्दिन ।’ उनले भने, ‘तर यो आवस्यक भइसकेको छ । म यो विषयमा पहल गर्छु ।’ इक्यानले शैक्षिक परामर्श व्यवसायीलाई व्यवस्थित र नियमन गर्नका लागि ऐन आवस्यक भएको भन्दै छुट्टै ऐन बनाउन जोड दिएको थियो ।

एडुक्लेभमा बाेल्दै इक्यानका अध्यक्ष शेषराज भट्टराईले व्यवसायलाई व्यवस्थित गर्नका लागि छुट्टै ऐन चाहिएकाे बताएका थिए । उक्त सेसनकाे सम्याेजन पत्रकार निमा काफ्लेले गरेकी थिइन् ।