पुतलीसडकको सिप एण्ड स्किप रेस्टुरेन्ट उद्घाटन भोली, रेस्टुरेन्टबाट काठमाडौंको थ्रिडी भ्यु हेर्न पाइने
काठमाडौं – काठमाडौंको पुतलीसडकमा अवस्थित सिप एण्ड स्किप नामक रेस्टुरेन्टलाई सुक्रबारदेखि विधिवत रुपमा संचालनमा ल्याइने भएको छ ।
पुतलीसडकस्थित लालुपाते मार्ग, केआईईसी विल्डिङको पाँचौं तलामा रहेको सिप एण्ड स्किप नामक रेस्टुरेन्टलाई भोली सुक्रबार ( मार्च २२) मा विधिवत रुपमा उद्घाटन गरेर संचालनमा ल्याइने केआईईसीका प्रवन्ध निर्देशक तथा सिप एण्ड स्किप रेस्टुरेन्टका संचालक राजेन्द्र रिजालले जानकारी दिएका हुन् ।
रिजालले केहीदिन अगाडि रेस्टुरेन्ट खुलेको जानकारी आम ग्राहकहरुलाई गराईएतापनि डेकुरेसन लगायत केहि ब्यवस्थापन नसकिएका कारण विधिवत संचालन गरिएको थिएन तर अहिले सबै तयारी पुरा भईसकेकाले भोलीबाट पूर्ण रुपमा संचालनमा आउने बताए।
उनले भने,’ हामीले ग्राहकहरुलाई सांगीतिक मनोरंजनसहित स्वादिष्ट अर्गानिक परिकारकासाथ रेस्टुरेन्टको प्रत्यक टेवलबाट काठमाडौंको थ्रिडी भ्यु देख्न सकिनेगरी व्यवस्थापन गरेका छौं, रेस्टुरेन्टबाट काठमाडौंको रमणिय सिनसमेत देख्न पाइने भएकाले धेरैको रोजाईमा पर्नेमा हाम्रो व्यवस्थापन टिम ढुक्क छ।’
विदेशबाट आयात गरिएका काठका मुडालाई जोडेर बनाइएको टेबुलहरुले रेस्टुरेन्टलाई झन् आकर्षक बनाएको बताउँदै सिप एण्ड स्किप रेस्टुरेन्ट एरियामा सररर चिसो हावा बहने भएकाले एकपटक आएर सेवा लिईसक्नु भएका ग्राहक महानुभावको पलपलको रोजाईमा पर्ने रिजालको दाबी छ।

