माधव प्रसाद उपाध्याय गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
काठमाडौँ – नायब प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
बुधवार बसेको सञ्चालक समितिको ३०४ औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई ०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ।
बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, वहाँ बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न हुनुहुन्थो ।
यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनु भएका श्री गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै २०८१ बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरिएको विगेप्तिमा उल्लेख छ ।
साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत श्री अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।