ICCC ले क्यानडा जाने विद्यार्थीका लागि दियो ‘प्री-डिपाचर टिप्स’

शनिबार, १७ चैत्र २०८०

काठमाडौँ – इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) को प्री–डीपाचर सेसन सम्पन्न भएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि मे इन्टेकका लागि क्यानडा अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीलाई क्यानडा प्रस्थान गर्नु अघिका पूर्व तयारीबारे जानकारी दिन आयोजित प्री–डीपाचर सेसन सम्पन्न भएको हो ।

आईसीसीसी र पपुलर कन्सल्टेन्सीको संयुक्त आयोजनामा क्यानडा अध्ययनका लागि भिसा लागेको विद्यार्थीका लागि प्री–डीपाचर सेसनको आयोजना गरिएको थियो । क्यानडा भिसा लागेपछि विद्यार्थीहरुलाई आफूखुशी छोडिदिँदा एउटा खालको अकर्मण्यता सिर्जना भएर दुःख पाएको गुनासाहरु आउन थालेपछि त्यसलाई सहजीकरण होस् भन्ने उद्देश्यले यो सेसनकाृ आयोजना गरिएको आसीसीसीका प्रबन्धनिर्देशक तथा सिनियर काउन्सलर राम खड्काले बताए ।

‘आईसीसीसीले बिगत लामो समयदेखि क्यानाडालाई मात्र बेस बनाएर नेपालबाट अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आइरहेको छ । आईसीसीमा विद्यार्थीको आकर्षण पनि बढ्दो छ, हाम्रोबाट अप्लाई गर्ने विद्यार्थीको भिसा सक्सेस रेट पनि राम्रो छ।’, खड्काले भने, ‘हाम्रो परामर्शबाट विद्यार्थीहरु सन्तुष्ट छन् । तर क्यानडा जाने विद्यार्थीहरु लगेज तयार पार्दादेखि नै कन्फ्युजनमा पर्ने गरेको पाइयो । त्यतिमात्र होइन क्यानाडा पुगेपछिसमेत त्यहाँको बस्तुस्थिति नबुझ्दा, पूर्वजनाकारी नहुदा समस्या पैदा भएको यत्रतत्र सुनियो । त्यसैले हामीले विद्यार्थीलाई समस्या परेको महसुस गयौं । हाम्रो परामर्श मात्र प्रयाप्त नहुने रहेछ  त्यसैलाई मध्यनजर गरि यो सेसनको आयोजना गरेर विद्यार्थीहरुको कन्फ्युजन मेटाउदा ९० प्रतिशत सफल भएका छौं ।’

कार्यक्रममा देशै भरका शाखा प्रतिनिधीहरु, सिनियर काउन्सलररुको उपस्थिति रहेको थियो। सबै साखाका प्रतिनिधीहरुले डकुमेन्टेसन्, भिसा प्रोसेसिङ्ग, लगायत विषयमा प्रष्ट्याएका थिए। कार्यक्रममा नेपालबाट कुन बस्तु लैजान गैरकानुनी हुन्छ, कति सामान लैजान पाइन्छ, ट्रान्जिटमा के गर्ने, क्यानडा पुगिसकेपछि त्यहाँ के गर्न पाइन्छ के पाइदैन, युनिभर्सिटी कहिले सुरु हुन्छ, त्यहाँको नियम कस्तो हुन्छ, त्यहाँ गएपछि के गर्दा कस्तो कानुन प्रभावित हुन्छ, क्यानाडाका कुन विश्वविद्यालयमा रुल कस्तो छ, कति समय क्लास एटेण्ड गर्नुपर्छ लगायतका बारेमा विद्यार्थीहरुलाई सुसूचित पारिएको थियो ।

त्यस्तै (आईसीसीसी) की चाबहिल शाखा प्रमुख कृति खनालले त्यहाँ गएर आफ्नो पढाइ सकिसकेपछि पीआर प्रोसेस कसरी गर्ने, पीआर पाउन कुन कुन क्राइट एरिया मिट हुनुपर्छ भन्ने बारे सुझाएकी थिइन् । कार्यक्रममा आईसीसीसीको सहजीकरणमा भिसा लागेका १५० भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।

प्रि डिपाचर सेसनमा सहभागी विद्यार्थीले आफुहरुको कन्फुजन दुर भएको बताएका थिए । आईसीसीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका विद्यार्थीले यो कार्यक्रममा सहभागी भएपछि क्यानडामा समस्या पर्दा आँफै फेस गर्न सक्ने हिम्मत जुटेको प्रतिक्रिया दिएका थिए । कार्यक्रमको अन्त्यमा (आईसीसीसी) का प्रबन्धनिर्देशक तथा सिनियर काउन्सलर राम खड्काले क्यानाडा बारे उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।